कर तिरेर असल नागरिकको परिचय दिऔं:  प्रमुख जिल्ला अधिकारी केसी

कास्की | मंसिर ७, २०७९

कर तिरेर असल नागरिकको परिचय दिऔं:  प्रमुख जिल्ला अधिकारी केसी

कास्कीः   आन्तरिक राजश्व कार्यालय पोखराले ११ औं राष्ट्रिय कर दिवस मनाएको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमूखी अर्थतन्त्र आधार’ भन्ने मूलनारासहित पोखरामा ११ औं राष्ट्रिय कर  दिवस मनाएको हो । 


मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने कर सप्ताह यो वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण विभागको निर्देशन बमोजिम आज (मंगलबार) कर सप्ताह मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्र्दै कास्कीका  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले व्यवसायी कर तिरेर असल नागरिकको परिचय दिन आग्रह गरे । ‘विभिन्न पेशा व्यवसाय अहिले सञ्चालन भइरहेका छन्, उनले भने, पेशा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिन आवश्यक । राज्यले नियमन गर्न होइन सम्मान गर्ने वातावरण सिर्जना गर्न कर तिरेर असल नागरिकको परिचय दिऔं ।’ 


उनले कास्कीमा कसैले व्यापार व्यवसायमा गर्न सके राज्यको नियम अनुसार सहयोगमा लागि पर्ने बताए । 


यसैगरि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइरालाले कर सप्ताह कार्यक्रम नगरी प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बारे अध्यापन गराउन आवश्यक रहेको उल्लेख गरे ।


‘व्यवसाय गरे कर तिर्नुपर्छ भन्ने अहिले आम नागरिकमा चेतना छ, उनले भने, ‘अब कर सप्ताह दिवस कार्यक्रम मात्र गरेर हुँदैन । प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अध्यापनको आवश्यक छ । व्यवसाय सञ्चालनपूर्व करको दायरामा आउन आवश्यक छ ।’


सरकारले करको दायरा नबढाएर करको दर बढाएर व्यवसायीहरुलाई नै अप्ठयारो पार्दै गएको उनले बताए । ‘सरकारले करको दर मात्र बढाएर हुँदैन दायरा बढाउन आवश्यक छ, उनले भने, ‘कसैले ५ महिना देखि ५ वर्षसम्मा पसल व्यवसाय सञ्चालन गरेका हुँदैन । सबै करको दायरामा आउन आवश्यक छ । कर होइन करको दायरा बढाउन राज्यलाई अनुरोध छ ।’


त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले समृद्ध देशको परिकल्पना पुरा गर्न कर कार्यालयले चार बुँदामा ध्यान दिनुपर्ने धारणा राखे । ‘करदाता मैत्री कानुन, स्वच्छ सबल, सक्षम कर प्रशासन, इमान्दार करदाता र दिगो प्रभावकारी करनीतिमा ध्यान दिन सके समृद्ध देशको परिकल्पना पुरा हुन सक्छ’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्